आकस्मिक बिदामा बैंकले सेवा दिनुपर्ने

हिमाल प्रेस १२ फागुन २०७९ १५:०७ | Friday, February 24, 2023
आकस्मिक बिदामा बैंकले सेवा दिनुपर्ने

काठमाडौँ- सरकारले आकस्मिक बिदा घोषणा गरेको दिन पनि बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने छ। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको एकीकृत निर्देशन २०७९ अनुसार बैंक तथा वित्तीय संस्थाले आकस्मिक बिदाको दिन सेवा दिनुपर्ने छ।

राष्ट्र बैंकले एकीकृत निर्देशनमा कार्यालय सञ्चालसम्बन्धी थप व्यवस्था गर्दै सरकारबाट आकस्मिक रूपमा घोषणा हुने बिदामा बैंक तथा वित्तीय संस्थाले दिउँसो साढे १ बजेसम्म सेवा दिनुपर्ने उल्लेख गरेको छ। नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक विदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्टलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्नुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ।

‘बिहान १० बजेदेखि दिउँसो १ः३० बजेम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ’ राष्ट्र बैंकद्वारा जारी निर्देशनमा भनिएको छ। यसअघि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक खुलेको दिनबाहेक अन्य दिन सेवा दिनुपरेमा राष्ट्र बैंककाे बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरीवेक्षण विभागमा पूर्वजानकारी गराउनुपर्ने प्रावधान थियो।

प्रकाशित: १२ फागुन २०७९ १५:०७ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast