आइएमई पे र कन्काई नगरपालिकाबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

हिमाल प्रेस १२ फागुन २०७९ १४:३९ | Friday, February 24, 2023
आइएमई पे र कन्काई नगरपालिकाबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौँ- भुक्तानी सेवा प्रदायक आइएमई पे र झापाको कन्काई नगरपालिकाबीच भुक्तानीसम्बन्धी सम्झौता गरिएको छ। सम्झौता अनुसार नगरपालिकाका सबै वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटाइजेसन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी प्रवद्र्धनको काम आइएमई पेले गर्नेछ।

नगरपालिकाले डिजिटाइजेसन कार्यक्रममा ग्राहकलाई करदाता परिचयपत्र वितरणका साथै सबै करदातालाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीबारे जानकारी गराउँदै छ। सो कार्यक्रममा भुक्तानी संयन्त्रको रूपमा सहभागी रहेको आइएमई पेले कार्यक्रममा ब्रान्ड प्रवद्र्धनका साथै डिजिटल भुक्तानीमा सचेतनामूलक कार्यक्रम चलाउनेछ।

प्रकाशित: १२ फागुन २०७९ १४:३९ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast