काठमाडौँ– भुक्तानी सेवा प्रदायक आइएमई पेमार्फत् ट्राफिक जरिवाना तिर्न मिल्ने भएको छ। त्यसका लागि आइएमई पेले आवश्यक फिचर थप गरेको जानकारी दिएको छ।
यसअघि आइएमई पेबाट विभिन्न किसिमका कर र लोक सेवालगायतको भुक्तानी गरिँदै आएकोमा अब ट्राफिक जरिवाना समेत तिर्त मिल्ने आइएमई कम्पनीले जानकारी दिएको छ। योसँगै ग्राहकले लामो समय लाइनमा बसेर जरिवाना तिर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।
प्रकाशित: ४ फागुन २०७९ १६:४० | Thursday, February 16, 2023
प्रतिक्रिया





