आइएमई पेको ‘पे विथ लिंक बैंक’ सुविधा थप

हिमाल प्रेस १४ फागुन २०७९ १४:४३ | Sunday, February 26, 2023
आइएमई पेको ‘पे विथ लिंक बैंक’ सुविधा थप

काठमाडौँ- आइएमई पेले ‘पे विथ लिंक बैंक’ सुविधा थप गरेको छ। आइएमई प्रयोगकर्ताले आफ्नो बैंक लिंक गरी आइएमई पे एपमार्फत् भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नुे गरी सुविधा थप गरिएको आइएमई कम्पनीले जानकारी दिएको छ। उक्त सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरेबापत सय रुपैयाँ र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकसहित विभिन्न अवार्डहरू पाउने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार एप प्रयोगकर्ताले टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवं क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा २ सय ५० देखि ७ सय रुपैयाँसम्मको क्यासब्याक पाउनेछन्। त्यसका लागि आइएमई एपमा बैंक लिंक गरी कारोबार गर्नुपर्ने कम्पनीको भनाइ छ।

उक्त सेवाले बैंक प्रयोगकर्तालाई लिंक बैंकबाट सजिलै भुक्तान गर्न मिल्ने तथा ठूलो रकमको भुक्तानीमा पनि सिधैं पे विथ लिंक बैंक छनोट गरी भुक्तान गर्न सकिने कम्पनीको भनाइ छ।

प्रकाशित: १४ फागुन २०७९ १४:४३ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast