असिनाले साढे २ करोड रुपैयाँको सुन्तला क्षति

हिमाल प्रेस १५ फागुन २०७९ १६:४१ | Monday, February 27, 2023
असिनाले साढे २ करोड रुपैयाँको सुन्तला क्षति तस्बिर : रासस

गण्डकी – आइतबार साँझ परेको असिनाका कारण कास्कीमा सुन्तलामा क्षति पुगेकाे छ। कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा करिब साढे २ करोड रुपैयाँभन्दा बढीको सुन्तलामा क्षति पुगेको हो।

असिनाका कारण पालुवा पलाउँदै गरेका तथा फूल खेल्न थालेका सुन्तलाका बोटमा क्षति पुगेको महानगरको कृषि शाखाले जानकारी दिएको छ। कृषि शाखा प्रमुख महोहर कँडरियाले आइतबार साँझ परेको असिनाले सुन्तलामा क्षति पुगेको जानकारी दिए।

दोपहरे क्षेत्रमा करिब २० हजार संख्यामा सुन्तलाका बोटबाट उत्पादन भइरहेका सुन्तलामा क्षति पुगेको उनको भनाइ छ। यहाँका स्थानीयले सुन्तलाबाटै वार्षिक करिब ५ करोड रुपैयाँ आम्दानी गर्छन्। महानगरपालिकाले उक्त क्षेत्रमा विगत चार वर्षयता सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमअन्तर्गत सहयोग पनि गरिहेको प्रमुख कँडरियाले बताए।

कँडरियाका अनुसार असिनाका कारण यस क्षेत्रमा आइतबार मात्रै करिब साढे २ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ। प्राकृतिक प्रकोपका कारण प्रत्येक वर्ष यहाँका सुन्तला किसान मर्कामा परिरहने भन्दै उनले क्षतिको जोखिम न्यूनीकरण गर्न कृषि बीमा गर्नुपर्ने बताए। रासस

प्रकाशित: १५ फागुन २०७९ १६:४१ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast