अरुण र सुवेक्षाको प्रेम देखाउने ‘प्रेमा’को टिजर

हिमाल प्रेस २९ माघ २०७९ १२:०८ | Sunday, February 12, 2023

काठमाडौँ- फिल्म ‘प्रेमा’ को टिजर सार्वजनिक भएको छ। टिजरमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठ अटाएका छन्। गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्ने फिल्ममा अरुण, सुवेक्षा र सृष्टि मुख्य भूमिकामा रहनेछन्। फिल्ममा लेखन पनि निर्देशक भण्डारीकै रहनेछ। ‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’लगायत फिल्ममा सहनिर्देशन गरेका भण्डारीले ‘रणवीर’बाट निर्देशनमा हात हालेका हुन्।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म आगामी चैत १७ मा प्रदर्शनमा आउनेछ। फिल्मको छायांकन काठमाडौँ, धनगढी, कर्णाली आदि ठाउँमा हुने निर्माण टिमले जनाएको छ। फिल्ममा अरुण, सुवेक्षाा, सृष्टिबाहेक विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ।

प्रकाशित: २९ माघ २०७९ १२:०८ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast