काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अभियोग लागेकाहरू उम्मेदवार बन्न नदिने किसिमको कानुन बनाउन लागिएको बताएका छन्। शुक्रबार भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा कार्यक्रममा उनले यसबारे मस्यौदा बनिरहेको बताएका हुन्।
‘अभियोग लागेको मान्छे निर्वाचित हुन्छ, तर निलम्बन भइहाल्छ, यसलाई कानुन बनाएर काम गर्नुपर्ने देखियो,’ उनले भने, ‘मस्यौदा बन्दैछ, त्यसमा समावेश हुन्छ। यस्ता व्यक्ति उम्मेदवार नै नहुने गरी काम गर्नुपर्नेछ।’
उनले चैत मसान्तसम्म नयाँ कानुनसहित संसद्मा पेस गर्ने र नियमावली बनाउन लाग्ने बताए।
प्रकाशित: २० माघ २०७९ १३:५४ | Friday, February 3, 2023
प्रतिक्रिया





