अब ‘रुपे इन्टरनेसनल कार्ड’ नेपालमा सहजै प्रयोग गर्न पाइने

हिमाल प्रेस १५ फागुन २०७९ २०:४१ | Monday, February 27, 2023
अब ‘रुपे इन्टरनेसनल कार्ड’ नेपालमा सहजै प्रयोग गर्न पाइने

काठमाडौँ- भारतमा लोकप्रिय रहेको ‘रुपे कार्ड’ अब नेपालमा पनि चलाउन सकिने भएको छ। डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरू नेपालमा चलाउन सकिने भएको हो।

नेपालमा एससीटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरूमा कार्ड नेपालमा चलाउन सकिने एससीटी कम्पनीले जानकारी दिएको छ। ‘नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया (एनपीसीआई)द्वारा जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरू एससीटी नेटवर्क अन्तर्गतका एटीएमहरूमा प्रयोग गर्न सकिने’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसले डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरूलाई पनि नेपालमा एटीएममार्फत् कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ। उक्त सुविधा आगामी दिनमा एनएमबी बैंकलगायतका वित्तीय संस्थाहरूले सञ्चालन गरेका एटीएमहरूमा पनि विस्तार गर्ने योजना छ।

पछिल्लो समय रुपे कार्ड भारतमा लोकप्रिय बन्दै गएको छ। भारतमा कार्यरत नेपाली तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकलाई उक्त कार्ड नेपालमा प्रयोग गर्न समस्या थियो।

प्रकाशित: १५ फागुन २०७९ २०:४१ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast