रवि लामिछानेविरुद्ध प्रहरीमा उजुरी, निवेदन भने दर्ता भएन

हिमाल प्रेस १७ माघ २०७९ २०:३९
52
SHARES
रवि लामिछानेविरुद्ध प्रहरीमा उजुरी, निवेदन भने दर्ता भएन फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीबारे अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ। लामिछानेको राहदानीबारे प्रश्न उठाउँदै सिन्धुलीका युवराज पौडेलले मंगलबार उजुरी पत्र दिएका हुन्।

पौडेलले काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई भेटेर उजुरी दिएको बताएका छन्। नेपाली नागरिकता खारेज भइसकेको अवस्थामा सोही नागरिकताको आधारमा राहदानी बनाएको भन्दै उजुरी परेको छ। उजुरी परे पनि उनको निवेदन भने दर्ता भएको छैन। निवेदन परे पनि दर्ता भने भएको छैन।

प्रहरीले सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएसम्म जाहेरी दर्ता गर्न नमिल्ने जनाएको छ। फैसलाको पूर्णपाठ आएपछि अध्ययन गरेर निवेदन दर्ता हुने बताइएको छ।

लामिछानेले २०७० सालमा अमेरिकी नागरिकता लिएपछि उनको नागरिकता कानुन अनुसार निष्क्रिय भएको थियो। २०७५ मा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएर उनले पुरानो नागरिकता लिइरहेका थिए। अदालतले रविको नागरिकता अवैध रहेको फैसला सुनाएपछि सांसद र मन्त्री पद पनि खारेज भएको थियो। सर्वोच्चको फैसला अनुसार उनले ‍पुन: नागरिकता लिए।

तर, उनको पासपोर्ट सम्बन्धी विवाद टुङ्गो लागेको छैन। २०७२ जेठ १३ मा उनले लिएको पासपोर्ट विवादित छ। यद्यपि उनले सोमबार सो पासपोर्ट राहदानी विभागलाई फिर्ता गरिसकेका छन्।

प्रकाशित: १७ माघ २०७९ २०:३९

प्रतिक्रिया

One thought on “रवि लामिछानेविरुद्ध प्रहरीमा उजुरी, निवेदन भने दर्ता भएन

  1. टेलिभिजनमा घोक्रो फुट्ने गरी नैतिकताको पाठ सिकाउनेले आफु नैतिकतामा बस्नुपर्दैन ? बहु पासपोर्ट, बहु नागरिक, बहुबिबाह, बहु बालबालिका, नक्कली पीडित खडा गरेर आसुको ब्यापार गर्ने आफै न्याधिस, वकिल र पुलिस भएर अरुलाई बेकुफ वनाउने भि.आई.पी ठग रबि लाम्छानेलाई कडा कार्बाही होस ।

Leave a Reply to Binod dai Cancel reply

Your email address will not be published. Required fields are marked *

18 + eleven =