तत्काल कसैसँग पार्टी एकता हुँदैन : खतिवडा

हिमाल प्रेस १७ माघ २०७९ १८:०७
12
SHARES
तत्काल कसैसँग पार्टी एकता हुँदैन : खतिवडा

बुटवल- नेकपा एकिकृत समाजवादीका उपमहासचिव एंव प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले तत्तकाल कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन्। नेकपा एकिकृत समाजवादी रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले यस्तो बताएका हुन्।

उनले नेपालमा वैचारिक कम्युनिस्ट पार्टी निर्माणका लागि वाम ध्रविकरणका लागि छलफल मात्रै गरिएको बताए। ‘वामपन्थीहरुको ठूलो शक्ति बनाउनका लागि वार्ताहरु भइरहेका छन्’ उनले भने ‘तर, हामीले हाम्रो घर बलियो नबनाउँदै कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ।’

उपमहासचिव खतिवडाले वामपन्थी नेता घनश्याम भुसालको आगमन नयाँ र वैचारिक कम्यूनिष्ट पार्टी बनाउने अभियानकै निरन्तरता भएको बताए। उनले आफूहरू ठूलो कम्युनिस्ट पार्टी बनाउने प्रयासमा रहेको बताए।

‘वामदेव गौतम र भीम रावलसँग पनि छलफल भइरहेकै छ, अन्य वाम शक्तिहरूसँग पनि छलफल भइरहेको छ,’ उनले भने,‘हाम्रो पार्टीको पहिचान सहितको वामशक्ति निर्माणमा जुटेका छौँ।’

खतिवडाले आगामि साँढे ४ वर्षपछि हुने निर्वाचनमा नेकपा एकिकृत समाजवादी एक्लै निर्वाचन लड्ने तागतमा हुने बताउँद दोधारे मन नबनाउन नेता कार्यकर्तालाई आग्रह गरे। ‘आउँदो चुनावमा कसैसँग गठबन्धन पनि नगर्ने गरि पार्टी बनाउँछौं, त्यसका लागि तिव्र रुपमा संगठन निर्माणमा जुटौँ’ उनको अपिल छ।

उनले नयाँ कम्युनिस्ट पार्टीका रुपमा स्थापित गर्नका लागि प्रशक्षिण, छलफल र बैचारिक बहस बढाइने बताए। नागरिकहरूले समस्याबाट मुक्ति पाउन नसकेकाले त्यस्ता समस्याहरूलाई सम्बोधन गर्नका लागि समाजवादीका नेताहरू लाग्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १७ माघ २०७९ १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =