आर्थिक संकट समाधानबारे नेकपा एसले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

हिमाल प्रेस १६ माघ २०७९ २१:१०
4
SHARES
आर्थिक संकट समाधानबारे नेकपा एसले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक संकट र यसको समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापन पत्र बुझाउने भएको छ।

पार्टीका केन्द्रीय नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाउने तयारी रहेको बताइएको छ।

‘देशको आर्तिक संकट र यसको समाधानबारे एकीकृत समाजवादीले यही माघ १७ गते बिहान ९ बजे सम्माननीय प्रधानमन्त्रीज्यूलाई बालुवाटारमा ज्ञापन पत्र बुझाउँदै छ,’ पार्टीले जानकारी दिएको छ।

प्रकाशित: १६ माघ २०७९ २१:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 8 =