लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचनमा तीन जना भिड्दै

मतदानका लागि केन्द्र तोकियो

हिमाल प्रेस १६ माघ २०७९ २०:४८
6
SHARES
लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचनमा तीन जना भिड्दै

बुटवल– माघ २५ गते लुम्बिनीमा हुने राष्ट्रियसभामा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। उपनिर्वाचनका लागि नेकपा एमालेबाट रोल्पाका कुमार दसौदी, नेपाली कांग्रेसबाट रोल्पाकै माधव आचार्य र सत्तागठबन्धनमै रहेको नागरिक उन्मुक्तिका राजेन्द्रवीर रायबीच प्रतिस्पर्धा हुने भएको हो।

उपनिर्वाचनका लागि मनोनयन गरेकाहरूलाई सोमबारसम्म उम्मेदवारी फिर्ताको समय दिइएको भए पनि कसैले पनि मनोयन फिर्ता नलिएपछि निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेको छ। मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा उठ्ने तयारीका साथ नेकपा एमालेका खिमलाल भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि पद रिक्त रहेको हो।

भट्टराईले रुपन्देही ५ मा प्रतिनिधिसभा सदस्यमा मनोयन दर्ता गराए पनि एउटै पार्टीबाट २ जनाको मनोनयन भएपछि भट्टराईको उम्मेदवारी रद्द भएको थियो।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार माघ २५ गते घोराही उपमहानगर कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले जानकारी दिए। नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि एउटा केन्द्र र लुम्बिनी प्रदेशसभा सदस्यहरूका लागि अर्को गरी २ वटा मात्रै मतदान केन्द्र तोकिएको छ।

लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको लागि स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता रहेका छन्। जसमा २१८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ८७ जना प्रदेशसभा सदस्यहरू रहनेछन्। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ।

नेकपा एमालेका २९ जना प्रदेश सांसद छन् भने स्थानीय तहतर्फ प्रमुख ९, अध्यक्ष १८, उपप्रमुख १६, उपाध्यक्ष २४ गरी ६७ जना छन्। यसरी प्रदेशमा एमालेसँग स्थानीय र प्रदेशतर्फ गरी कूल २ हजार ५९८ मतभार छ। त्यस्तै नेपाली कांग्रेसका सांसद २७, स्थानीय तह प्रमुख २१, अध्यक्ष २७, उपप्रमुख १२, उपाध्यक्ष ३२ गरी कूल ९२ जना छन्। कांग्रेससँग कूल २ हजार ९५२ मतभार छ।

नेकपा माओवादीको प्रदेशसभा सदस्य १० र स्थानीय तहमा ४० मतदाता गरि १ हजार १६६ मतभार रहेको छ। उपनिर्वाचनका लागि लुम्बिनीमा जनता समाजवादी पार्टीको २५२, लोकतान्त्रिक समाजवादी पार्टीको २१६, नागरिक उन्मुक्तिको १९२, राष्ट्रिय प्रजातन्त्र पार्टी २४६,जनमत पार्टीको १४४, राष्ट्रिय जनमोर्चाको १२०, एकीकृत समाजवादीको ४८, जनता प्रगतिशील पार्टीको ३६ र स्वतन्त्र २ सांसदर ९६ मतभार रहेको छ।

लुम्बिनीमा सत्तागठबन्धनको मतभार बलियो छ। नागरिक उन्मुक्ति पार्टी गठबन्धनबाट बाहिरिए पनि एमालेकै उम्मेदवारको जित निश्चित जस्तै छ।

प्रकाशित: १६ माघ २०७९ २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =