परराष्ट्रमन्त्री विमलाले सार्क मुलुक श्रीलंकाबाट विदेश यात्रा गर्ने

हिमाल प्रेस १६ माघ २०७९ २०:२४
4
SHARES
परराष्ट्रमन्त्री विमलाले सार्क मुलुक श्रीलंकाबाट विदेश यात्रा गर्ने फाइल तस्बिर। रासस

काठमाडौँ– परराष्ट्रमन्त्री विमला राई पौड्यालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक श्रीलंकाबाट आफ्नो विदेश यात्रा थालनी गर्ने भएकी छन्। उनी श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन बिहीबार कोलम्बो जाने भएकी हुन्।

उनको भ्रमण सोमबार बसेको मन्त्रिपरिषदले पारितसमेत गरिसकेको छ। नेपालका लागि श्रीलंकाकी कार्यवाहक राजदूत निलुसा डिल्मिनीले आइतबार सिंहदरबार पुगेर श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको दिनमा सहभागी हुन निम्तो दिएकी थिइन्। उनले निम्तो पाएसँगै नेपालले सहभागिता जनाउने जवाफ परराष्ट्रमन्त्री विमलाले दिएकी थिइन्।

कार्यवाहक राजदूत डिल्मिनीले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिलेले पठाएको निम्तोलाई परराष्ट्र मन्त्री विमलालाई हस्तान्तरण गरेकी हुन्। चरम आर्थिक संकट व्यहोरिरहेको श्रीलंका यतिबेलासबै दातृ र मित्रु मुलुकसँग सम्बन्ध सुधारमा लागेको छ।

श्रीलंकाको स्वतन्त्रता दिवस माघ २१ (फेब्रुअरी ४) मा हो। श्रीलंका ७५ वर्षअघि बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको हो। त्यसपछि फेब्रुअरी ४ लाई आफ्नो स्वतन्त्रता दिव भन्दै मनाउँदै आएको छ। सार्क क्षेत्रका अधिकांश परराष्ट्रमन्त्री त्यहाँ भेट हुने सम्भावना रहेकाले सार्क अघि बढाउने या सचिवालय नै बन्द गर्ने भन्ने निर्णय लिन सक्ने देखिएको छ।

सार्क सदस्य मुलुक श्रीलंकाले चरम आर्थिक संकटका बाबजुद यसपटक विशेष रुपमा अन्तर्राष्ट्रिय पाहुनाहरू बोलाएर आफ्नो स्वतन्त्रता दिवस मनाउन लागेको हो। परराष्ट्रमन्त्री विमलाले त्यहाँ अन्य मुलुकबाट आउने परराष्ट्रमन्त्रीसँग साइडलाइन बार्ता गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =