यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका, मतदान काठमाडौँमै

हिमाल प्रेस १६ माघ २०७९ १५:३५
6
SHARES
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका, मतदान काठमाडौँमै

काठमाडौँ- निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ। सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी ओयोगले सो जानकारी गराएको हो। त्यस्तै आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए।

उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्नेगरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौँमै हुने बताए।

शर्माले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन १० गते, दाबी, विरोध, उजुरीलगायतका काम  १० र ११ गते, निवेदन तथा उजुरीउपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका बनाइएको बताए।

त्यस्तै आयोगले अन्तिम मतदाता नामावली प्रकाशित १२ गते गरिनेछ भने उम्मेदवार मनोनयनपत्र दर्ता १३ गते गरिनेछ।

मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारविरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गत साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ।

त्यस्तै उपराष्ट्रपतिको निर्वाचन फागुन ३ गते हुने भएको छ। प्रवक्ता पौडेलले मतदाता नामावली प्रकाशनलगायतका काम राष्ट्रपति चुनावअनुसार नै हुने बताए। उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित गर्ने सोही दिन रहेको छ।

उम्मेदवारको विरोधमा उजुरी दिने सोही दिन, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते रहेको छ।

प्रकाशित: १६ माघ २०७९ १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + three =