देश विकासको उद्देश्यलाई पुरा गर्न सबै मिल्नुपर्छ : सभामुख घिमिरे

हिमाल प्रेस १६ माघ २०७९ १६:०४
28
SHARES
देश विकासको उद्देश्यलाई पुरा गर्न सबै मिल्नुपर्छ : सभामुख घिमिरे सभामुख देवराज घिमिरे।

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाजलाई अग्रगति दिने उद्देश्यलाई पुरा गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन्। सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा घिमिरेले संसद्को भूमिका समाजलाई अग्रगति दिने उद्देश्यलाई पुरा गर्ने भएकाले यसमा सञ्चारजगतलगायत सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन्।

उनले विभिन्न ऐन निर्माण गर्ने विधेयकमा छलफल वा नयाँ केहि निर्णय गर्ने विषयमा पनि आफू समझदारीमा नै अघि बढ्ने धारणा राखे। देश निर्माणका लागि यसअघि गरिएका प्रयत्नहरूलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ।

सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउनका लागि पनि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। संसद्को रिर्पोटिङका क्रममा देखिएका समस्याहरूलाई पनि समाधान गर्दै लैजाने उनको भनाइ छ।

प्रकाशित: १६ माघ २०७९ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =