सञ्चय कोषका अध्यक्षले लिए शपथ

हिमाल प्रेस १६ माघ २०७९ १२:३०
44
SHARES
सञ्चय कोषका अध्यक्षले लिए शपथ

काठमाडौँ- कर्मचारी सञ्चय कोषको अध्यक्षमा नियुक्त भएका राजश्व सचिव डा. रामप्रसाद घिमिरेले शपथ ग्रहण गरेका छन्।

आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घिमिरेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

माघ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई कर्मचारी सञ्चय कोषको अध्यक्षमा नियुक्त गरेको थियो। यसअघि कृष्णहरि पुष्कर कोष सञ्चालक समितिको अध्यक्ष थिए।

कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ४ को उपदफा २ को खण्ड (क) मा नेपाल सरकारबाट नियुक्त व्यक्ति कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था छ।

कर्मचारी सञ्चय कोष (सामान्य) नियमहरु, २०५० को नियम ३ (१) मा कोष अध्यक्षले अर्थ मन्त्रालयका कार्यभार सम्हालेका मन्त्री वा राज्यमन्त्रीसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।

शपथ ग्रहण कार्यक्रममा अर्थसचिव तोयम राया, सहसचिव रमेश कुमार केसी, कोषका प्रशासक जितेन्द्र धिताल, सहप्रशासकद्वय जीवनकुमार कटवाल र भरतराज वस्ती, कोष सञ्चालक समितिका सचिव ध्रुवप्रसाद पन्त लगायतका अधिकारीको उपस्थिति थियो।

प्रकाशित: १६ माघ २०७९ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =