स्थायी समिति बैठक सारेर माओवादीले बोलायो पदाधिकारी बैठक

हिमाल प्रेस १६ माघ २०७९ १०:३८
2
SHARE
स्थायी समिति बैठक सारेर माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक धकेलेर तत्काल पदाधिकारी बैठक बोलाएको छ। समसामयिक विषयमा तत्काल छलफल गर्न भन्दै माओवादीले पदाधिकारी बैठक राखेको हो।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

उनका अनुसार बैठकमा संगठनात्मक विषयमा छलफल हुनेछ।पछिल्ला राजनीतिक घटनाबारे छलफल गर्न माओवादीले पदाधिकारी बैठक राखेको हो।

रवि लामिछानेको सांसद पद गएसँगै कसलाई गृहमन्त्री बनाउने भन्नेमा माओवादी दोधारमा छ। सर्वोच्च अदालतले अनागरिक भनेर गरेको फैसलाका कारण लामिछानेको पद गएको थियो। तर आइतबार नागरिकता बनाएसँगै लामिछाने पदमा फर्किने प्रयत्नमा छन्। तर माओवादी अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने तयार छैनन्।

माओवादीभित्रै आकांक्षी बढेसँगै प्रधानमन्त्री सकसमा छन्। यसैबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको एक नेताले बताए।

प्रकाशित: १६ माघ २०७९ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =