त्रिविले तयार पार्‍यो स्ववियु निर्वाचन आचारसंहिता निर्देशिका

हिमाल प्रेस १५ माघ २०७९ १९:२७
4
SHARES
त्रिविले तयार पार्‍यो स्ववियु निर्वाचन आचारसंहिता निर्देशिका फाइल तस्बिर

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन चैत ५ मा गर्ने विषयमा विद्यार्थी संगठले सहमति गरेसँगै ‘निर्वाचन आचारसंहितासम्बन्धी निर्देशिका २०७९’ तयार गरेको छ।

त्रिभुवन विश्वविद्यालय ऐनअनुसार आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा संचालन गर्न स्ववियु निर्वाचन आचार संहिता सम्बन्धि निर्देशिका २०७९ जारी गरिएको हो।

निर्देशिकाले ऐन, नियममा भएको व्यवस्था तथा सरोकारवालाबाट प्राप्त सुझावसमेतका आधारमा निर्वाचनलाई सहजीकरण गर्ने त्रिविले जनाएको छ।

स्ववियु निर्वाचनका लागि ३ तहमा समितिहरू रहने र सोही अनुसार काम कर्तव्य र अधिकारको स्पष्टिकरण गर्जे प्रस्तावित निर्देशिकामा उल्लेख छ।

स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिले स्ववियु निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा गराउने सन्दर्भमा आचार संहितामा पुर्ण रूपमा पालना भए नभएको अनुगमन गर्ने निर्देशिकामा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =