कमल थापा भन्छन्, हिन्दु राष्ट्र पुनर्स्थापनाका निमित्त जनता सडकमा ओर्लिनुपर्छ

हिमाल प्रेस १५ माघ २०७९ १६:३९
56
SHARES
कमल थापा भन्छन्, हिन्दु राष्ट्र पुनर्स्थापनाका निमित्त जनता सडकमा ओर्लिनुपर्छ

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको राजनीति भद्रगोल र डामाडोलतर्फ अघि लागेको टिप्पणी गरेका छन्।

पार्टीको संगठन विभागद्वारा आइतबार काठमाडौँमा आयोजित ‘उपत्यका स्तरीय संगठन सुदृढीकरण अभियान’ तयारी बैठकमा बोल्दै थापाले निर्वाचन सकिएर नयाँ सरकार गठन भएको केही महिना नबित्दै जनतामा वितृष्णा देखिनुलाई शुभ संकेत मान्न नसकिने बताए।

शान्ति र समृद्धिको आमजनताको चाहना पूरा हुनेमा जनतामा आशंका सुरु भएको भन्दै थापाले हिन्दु राष्ट्रको पुनर्स्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्याको समाधान र सुशासनको निमित्त जनता सडकमा ओर्लिनुपर्नेमा जोड दिए। अहिलेका सबै राजनीतिक दल र शक्ति सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुँदा जनतामा चरम असन्तुष्टि बढेको थापाको दाबी छ।

कार्यक्रममा संगठन विभाग प्रमुख एवम् महामन्त्री राजाराम बर्तौलाले ‘उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान’ कार्ययोजना प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री सुशील श्रेष्ठले प्रशिक्षण कार्यक्रमबारे प्रकाश पारेका थिए।

काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्षहरु क्रमशः श्याम घिमिरे, जीपी दाहाल र श्याम नेपालले अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित: १५ माघ २०७९ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =