बालेनविरुद्ध सुमन सायमीको नेतृत्वमा प्रदर्शन [फोटो फिचर]

दिपेश श्रेष्ठ १५ माघ २०७९ १६:१८
22
SHARES
बालेनविरुद्ध सुमन सायमीको नेतृत्वमा प्रदर्शन [फोटो फिचर]

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सडक चौडा बनाउने नाममा जनताको उठिबास लगाउने काम गरेको भन्दै राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।

मेयर शहले गैरकानुनी ढंगले महानगरपालिकाभित्र डोजर आतंक फैल्याउने काम गरेको आरोप उनीहरूको छ। उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौँको आह्वानमा विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनको अगुवाइ नागरिक अगुवा सुमन सायमीले गरेका थिए।

प्रदशनकारीहरूले जनप्रतिनिधि भएर जनतालाई दुःख दिने काम नगर्न मेयर शाहलाई चेतावनी दिएका छन्। मेयर शहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन हुने गरी डोजर आतंक फैलाउने काम गरेकाले त्यसो हुन नदिनका लागि खबरदारी गर्न आफूहरू सडकमा आउनुपरेको नागरिक अगुवा सायमीले बताए।

उनले जनताको प्रतिनिधि भएर मेयर साहले जनताले दुःख दिने काम गरिरहे सह्य नहुने चेतावनीसमेत दिएका छन्।

त्यस अवसरमा प्रदर्शनकारीहरुले आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर, डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गरलगायतका नाराबाजी गरेका थिए।

काठमाडौँ महानगरपालिकाले गैरकानुनी ढंगले व्यक्तिको सम्पत्तिमाथि समेत डोजर चलाउने काम गरेपछि स्थानीयले त्यसको विरोधमा प्रदर्शन गर्दै आएका छन्।

 

प्रकाशित: १५ माघ २०७९ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 18 =