रवि लामिछानेको नागरिकता पुनः प्राप्ति कसरी?

हिमाल प्रेस १५ माघ २०७९ १२:०३ | Sunday, January 29, 2023
रवि लामिछानेको नागरिकता पुनः प्राप्ति कसरी? फाइल तस्बिर

काठमाडौँ-  निवर्तमान उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि उनको सांसद, मन्त्री र पार्टी सभापति पद खारेज भएको थियो। नागरिकता वैध बनाउनका लागि उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्।

जिल्ला प्रशासन कार्यालयबाट २०५० सालमा नागरिकता लिएका लामिछानेले २०७० सालमा अमेरिकी नागरिकता लिएका थिए। त्यसपछि उनको नेपाली नागरिकता रद्द भएको थियो। त्यसको केही वर्षपछि अमेरिकी नागरिकता त्यागेर नेपाल फर्किएका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालयमा पेस गरेका थिएनन्। सोही कारण अदालतले उनी ‘अनागरिक’ भएको फैसला गरेको थियो। लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्।

नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ मा कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ भन्ने व्यवस्था छ। सोही कानुनी प्रावधान अनुसार उनले आजै नेपाली नागरिकताको प्रमाणपत्र पुनः प्राप्ति गर्नेछन्।

कडा सुरक्षा घेराबीच जिल्ला प्रशासन पुगे रवि लामिछाने

प्रकाशित: १५ माघ २०७९ १२:०३ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast