सुदूरपश्चिम-कर्णालीका हिमाली क्षेत्रमा वर्षा र हिमपात

हिमाल प्रेस १५ माघ २०७९ ७:०२
4
SHARES
सुदूरपश्चिम-कर्णालीका हिमाली क्षेत्रमा वर्षा र हिमपात तस्बिरः विजय रावत, रासस

काठमाडौँ- देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज (आइतबार) हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो।

सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम सामान्यता सफा रहने छ।

महाशाखाले तराईका केही ठाउँमा बिहानीपख हुस्सु/कुहिरो लागेकाले जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन अनुरोध गरेको छ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७९ माघ १५ गते (आइतबार)

दिउँसोː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

रातिː प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ माघ १६ गते (सोमबार)

दिउँसोː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

२०७९ माघ १७ गते (मंगलबार)

दिउँसोː कर्णाली प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागको मौसम आँशिक बदली देखि सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १५ माघ २०७९ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eleven =