कतारमा पहिलो नेपाली पुस्तकालयको स्थापना

हिमाल प्रेस १४ माघ २०७९ ८:१९
14
SHARES
कतारमा पहिलो नेपाली पुस्तकालयको स्थापना

काठमाडौँ- कतारको राजदूतावासको सभाहलमा पहिलो पटक नेपाली पुस्तकालयको स्थापना गरिएको छ। सरस्वती पूजाको अवसरमा प्रवासी नेपाली समुदायले पुस्तकालय स्थापना गरेको अध्यक्ष अम्बिका पौडेलले बताए।

सरस्वती पूजा पण्डित प्रदीप पौडेल र पुस्तकालयको उद्घाटन राजदूत डा नरेश विक्रम ढकालले गरेका थिए। राजदूत ढकालले पुस्तकालय स्थापना गरेर मात्र गरेर अध्ययन गर्ने बानी बसाल्नुपर्नेमा जोड दिएका थिए।

उनले पुस्तकालयमा नेपालको इतिहास, राजनीतिक र पर्यापर्यटनको बारेमा लेखिएका पुस्तकले कतारमा रहेका नेपालीहरूलाई ज्ञानआर्जनमा सहज पुर्‍याउने र दूतावास निरीक्षण गर्न आउने अन्य देशका कूटनीतिक व्यक्तित्वहरूबारेमा पनि जानकारी दिएका थिए।

विगत ८ वर्षदेखि कतारमा श्रम गरिरहेका रहेका लेखक तथा पाठक सुरेश भट्टले खाडीमा श्रमिकहरू मात्र जान्छन् भन्नेमा जुन भाष्य निर्माण भएको थियो, त्यो परिवर्तन भएको बताए। उनले अब दैनिक कतार उड्ने प्लेनहरूमा श्रम गर्न आउने श्रमजीवीसँगै नेपाली पुस्तक बाजारमा आएका नयाँनयाँ पुस्तकहरू आउने सुनाए।

प्रकाशित: १४ माघ २०७९ ८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 10 =