मधेशका नवनियुक्त मन्त्रीले सम्हाले कार्यभार

हिमाल प्रेस १३ माघ २०७९ १२:३२
12
SHARES
मधेशका नवनियुक्त मन्त्रीले सम्हाले कार्यभार

जनकपुरधाम- मधेश प्रदेशका नवनियुक्त मन्त्रीले पदभार ग्रहण गरेका छन्। शुक्रबार बिहान मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले मधेशका हरेक जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्न मधेशको गौरव आयोजनाका रूपमा मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। अघिल्लो सरकारले अघि सारेका योजना कार्यान्वयन गरिने पनि उनको भनाइ छ। यादव नेकपा एमालेको मधेस प्रदेशको संसदीय दलका नेता हुन्।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री वसन्त कुश्वाहाले किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। किसानको समस्या समाधान नै आफ्नो प्राथमिकता रहेको उनले बताए।

यस अघि कुश्वाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएपनि अन्तिम समयमा आएर उनलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो।
उनी जनमत पार्टीका सांसद हुन्।

प्रकाशित: १३ माघ २०७९ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =