माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

हिमाल प्रेस १३ माघ २०७९ ११:५४
4
SHARES
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको दोस्रो दिनको बैठक सुरु भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबारबाटै सुरु भएको बैठक आज पनि जारी छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकार निर्माण र पार्टी एकताका विषयमा छलफल भइरहेको छ।

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा कांग्रेस नेतृत्वको गठबन्धन तोड्नु परेको, वर्तमान गठबन्धनका बीच भइरहेका प्रयत्न र राष्ट्रपति निर्वाचनबारे उल्लेख थियो।

पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकताका बारे। भइरहेको प्रयत्नका विषयमा पनि प्रतिवेदन प्रस्तुत गर्ने छन्।

यसका साथै स्थायी समिति सदस्यले बोल्ने र प्रतिवेदनमाथि प्रश्न गर्ने समय दिइने छ। अध्यक्ष प्रचण्ड र उपाध्यक्ष महराबाट जवाफ आएसँगै आजै बैठक सक्ने तयारी छ।

यसका लागि लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने जनाइएको छ। आजको बैठकमा बाबुरा भट्टराई नेतृत्वको नेसपा, जसपा र एकीकृत समाजवादीबीच पनि एकता गर्ने बारेमा विषयमा छलफल हुने छ।

पार्टी एकताका लागि भन्दै प्रचण्डले पार्टीको नाम फेर्ने समेत कुरा उठाइरहेका छन्।

प्रकाशित: १३ माघ २०७९ ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =