नयाँ वर्षमा ‘जारी’सँगै ‘बिहे पास’ गर्दै दयाहाङ

हिमाल प्रेस १२ माघ २०७९ १२:३३
8
SHARES
नयाँ वर्षमा ‘जारी’सँगै ‘बिहे पास’ गर्दै दयाहाङ

काठमाडौँ- वसन्त पञ्चमीको अवसर पारेर फिल्म ‘बिहे पास’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। विवाहको कथामाथि बनेको फिल्मको पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ देखिएका छन्।

पोस्टर सार्वजनिक गरेसँगै निर्माण पक्षले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ। फिल्म वैशाख १ मा प्रदर्शनमा आउनेछ। फिल्मका दुइटा पोस्टर सार्वजनिक भएका छन्।

एउटामा दयाहाङ र प्रकृति दुलहा–दुलहीका रूपमा देखिएका छन्। अर्को पोस्टरमा दयाहाङ र प्रकृतिसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल पनि छन्।

प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, प्रकाश भुजेल, उषा बानियाँलगायत कलाकारको अभिनय छ।

वैशाख १ मा दयाहाङ अभिनीत फिल्म ‘जारी’ पनि रिलिज हुनेछ। जसमा अभिनेत्री मिरुना मगर दयाहाङको जोडीका रूपमा देखिनेछिन्।

प्रकाशित: १२ माघ २०७९ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =