भारतीय दूतावासले मनायो गणतन्त्र दिवस

हिमाल प्रेस १२ माघ २०७९ ११:०५
4
SHARES
भारतीय दूतावासले मनायो गणतन्त्र दिवस

काठमाडौँ- काठमाडौँस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ।

बिहीबार राजदुतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौँमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो। सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानलाई कदर गर्दै कही व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ।

साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीको सम्मानमा उनीहरूको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो। त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सनाएका थिए।

दुतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ। भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ।

प्रकाशित: १२ माघ २०७९ ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =