विश्वासको मत दिएको विषयमा पार्टीमा विवाद छैन : डा. कोइराला

हिमाल प्रेस ११ माघ २०७९ २२:०३
4
SHARES
विश्वासको मत दिएको विषयमा पार्टीमा विवाद छैन : डा. कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला बुधवार साँझ विराटनगर विमानस्थलमा मुलुकको समसामयिक विषयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै। तस्बिर : रासस

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब सकिएको बताएका छन्।

विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग उनले कांग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको विवाद नरहेको स्पष्ट पारेका हुन्।

राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै डा. कोइरालाले नेपाली कांग्रेसले आफ्नो उम्मेदवारी दिने जानकारी दिए। उनले यसबारे अन्य दलसँग छफलफल भइरहेको बताए। उनले मंगलबार नयाँ बानेश्वरको आत्मदाहको घटना अन्त्यन्त दुःखदायी भएको प्रतिक्रिया दिए। रासस

प्रकाशित: ११ माघ २०७९ २२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =