स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने

हिमाल प्रेस ११ माघ २०७९ १८:२९
4
SHARES
स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौँ- स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले २ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ।

वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गरिने ऋणपत्र प्रति एकाइ मूल्य एक हजार तोकिएको छ।

ऋणपत्रको अवधि ५ वर्ष हुने बैंकले जनाएको छ। यो ऋणपत्र व्यक्ति र निजी संस्थाले किन्न सक्नेछन्।

निष्काशन हुने कुल ऋणपत्रमध्ये १ अर्ब ४४ करोड व्यक्ति र संस्थाको लागि छुट्याइएको छ। बाँकीे ऋणपत्र सामूहिक लगानी कोषका लागि दिइने बैंकले जनाएको छ।

प्रकाशित: ११ माघ २०७९ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =