राजदूत अधिकारी र पाकिस्तानका कानुन राज्यमन्त्रीबीच भेटवार्ता

हिमाल प्रेस ११ माघ २०७९ १७:०८
10
SHARES
राजदूत अधिकारी र पाकिस्तानका कानुन राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ- पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र कानुन तथा न्याय राज्यमन्त्री शहदत अवानबीच भेटवार्ता भएको छ।

इस्लामाबादस्थित कानुन तथा न्याय मन्त्रालयमा भएको भेटमा दुईबीच नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो। भेटवार्तामा दुई देशबीच संसदीय सहकार्य र एकताको विषयमा कुराकानी भएको पाकिस्तानमा रहेको नेपाली राजदूतावासले जानकारी गराएको छ।

भेटमा दुई देशको सम्बन्ध बलियो बनाउन आवश्यक पहलका लागि पनि छलफल भएको बताइएको छ।

प्रकाशित: ११ माघ २०७९ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =