न्युजिल्यान्डविरुद्धको शृंखला ‘क्लिनसिप’ गरेसँगै भारत शीर्षस्थानमा

हिमाल प्रेस ११ माघ २०७९ ९:०९
4
SHARES
न्युजिल्यान्डविरुद्धको शृंखला ‘क्लिनसिप’ गरेसँगै भारत शीर्षस्थानमा

काठमाडौँ- एकदिवसीय (ओडीआई) वरीयतामा भारत शीर्षस्थानमा उक्लिएको छ। न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृंखला जितेसँगै भारत शीर्षस्थानमा पुगेको हो। ओडीआईतर्फ दोस्रोमा इंग्ल्यान्ड, तेस्रोमा अस्ट्रेलिया र चौथोमा न्युजिल्यान्ड छन्। नेपाल १९ औँ स्थानमा छ।

न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा भारतले सानदार जितेको छ। श्रृंखलाका तीन खेल  हातमा पारेको भारतले मंगलबारको अन्तिम खेलमा ९० रनको सानदार जित निकाल्यो।

जितको लागि ३ सय ८६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१.२ ओभरमा २ सय ९५ रनमा अल आउट भयो।

उसका लागि ओपनर डेभन कन्वेले शतकीय इनिङ खेले। कन्वेको प्रदर्शन उत्कृष्ट रहँदा पनि न्युजिल्यान्ड खेल जित्न चक्यो। उनले १ सय बलमा १२ चौका र ८ छक्कासहित १ सय ३८ रनको सानदार इनिङ्स खेले।

पहिलो ओभरको दोस्रो बलमै ओपनर फिन एलेन डक आउट भए पनि दोस्रो विकेटका लागि कन्वे र हेनरी निकोलसले १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए। हेनरी ४२ रनमा आउट भए। त्यसपछि डर्याल मिचेलले कन्वेसँग ६६ रनको साझेदारी गरेपछि २५ ओभरमा पाहुना टोली १८४/२ को बलियो अवस्थामा थियो।

तर त्यसपछि शार्दूल ठाकुरले मिचेललाई २४ रनमा आउट गराए। लगत्तै कप्तान टम लाथम गोल्डेन डक आउट भए। त्यसपछि भने न्युजिल्यान्डले लगातार विकेट गुमायो। ग्लेन फिलिप्स ५, माइकल ब्रेसवेल २६ र मिचेल सान्टनार ३४ रनमा आउट हुँदा जितका लागि पर्याप्त भएन।

भारतका लागि शार्दूल ठाकुर र कुलदीप यादवले तीन/तीन विकेट लिए । युजभेन्द्र चहल दुई, हार्दिक पान्ड्या र उमरान मलिकले एक एक विकेट हात पारे।

त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन बनाएको थियो।

भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि २६.१ ओभरमा दुई सय १२ रनको सानदार दोहोरो सतकीय साझेदारी गर्दै विशाल योगफलसम्म पुर्‍याएका थिए।

गिलले ७८ बलमा १३ चौका र ५ छक्कासहित १ सय १२ रनको सानदार शतकीय इनिङ खेले। उनले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए।

यस्तै कप्तान रोहित शर्माले ८५ बलमा ९ चौका र ६ छक्कासहित १ सय १ रन बनाए। रोहितको यो ३० औं ओडिआई शतक हो।

यस्तै हार्दिक पान्ड्याले ३८ बलमा ३ चौका र ३ छक्कासहित ५४ रन जोडे। २७ बल खेलेका विराट कोहलीले ३ चौका र १ छक्कासहित ३६ रन बनाए। शार्दुल ठाकुर २५, ईशान किशन १७, सूर्यकुमार यादव १४ र वासिन्टन सुन्दर ९ रनमा आउट भए।

न्युजिल्यान्डका ज्याकुफ डफी र ब्लेयर टिकनरले ३(३ विकेट लिए। मिचेल ब्राकवेलले १ विकेट हात पारे।

 

प्रकाशित: ११ माघ २०७९ ९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =