बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रहरीले लगायो रोक

हिमाल प्रेस ११ माघ २०७९ ८:४१
4
SHARES
बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रहरीले लगायो रोक

काठमाडौँ- बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न प्रहरीले पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ।

काठमाडौँका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले रोक लगाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ।

जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ।

प्रकाशित: ११ माघ २०७९ ८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =