संघमा पनि मन्त्रालय घटाउने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस १० माघ २०७९ १५:५१
6
SHARES
संघमा पनि मन्त्रालय घटाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय सरकारमा १० प्रतिशतभन्दा बढी मन्त्री नबनाउने स्पष्ट पारेका छन्। उनले एउटा मन्त्री घटाउँदा करोडौँ रुपैयाँ बचत हुने भन्दै सत्तारुढ दलहरुलाई सर्वसम्मत बनाएर मन्त्रालय घटाउने बताए।

त्यस्तै प्रदेशको खर्च घटाउने र विकासको कामलाई जनताले देख्नेगरी अगाडि बढाएर लाने उनले बताए।  प्रदेशमा पनि मन्त्रालयको संख्या घटाइसकिएको छ।

प्रचण्डले मंगलबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै भने, ‘मेरो नेतृत्वको सरकार बनिसकेपछि हामीले दृढताको साथ भनेका छौँ। दश प्रतिशतभन्दा बढी मन्त्री बनाइने छैन। मन्त्री घटाउने हो। एउटा मन्त्री घटाउँदा करोडौँको बचत हुन्छ।’

उनले सरकारका साझेदारहरुमा सर्वसम्मत बनाएर मन्त्रालय घटाउने योजना रहेको बताए। यस्तै प्रदेशको खर्च घटाएर विकासका कामलाई जनताले देख्ने र बुझ्ने गरी गति दिन आफूहरू सक्रिय भइसकेको उनको भनाइ छ। उनले भने, ‘आगामी दिनमा यसले संघप्रति उठेका प्रश्नहरुको जवाफ दिने क्रम पनि सुरु हुनेछ भन्ने मैले ठानेको छु।’

दाहालले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ लाई कार्यान्वयन गर्ने बतए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =