तीव्र उतारचढावबीच ८ अंकले बढ्यो नेप्से

हिमाल प्रेस १० माघ २०७९ १५:२६
6
SHARES
तीव्र उतारचढावबीच ८ अंकले बढ्यो नेप्से

काठमाडौँ– मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा तीव्र उतारचढाव देखियो। २१६६ बिन्दुबाट सुरु भएको बजार २१७३ बिन्दुमा पुगेर रोकिएको छ। अपराह्न १२ः३० र १ः०६ बजे २१४० बिन्दुसम्म ओर्लिएको थियो। आज १०९ कम्पनीको मूल्य बढेको छ। ८९ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रह्यो।

मंगलबार सानिमा जीआई इन्स्योरेन्स, सूर्योदय ओमी लघुवित्त र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका हिसाबले आज नेपाल टेलिकम अग्रस्थानमा रह्यो। यसको १२ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कुल कारोबार चाहिँ ३ अर्ब ३२ लाख रुपैयाँ बराबरको भएको छ।

प्रकाशित: १० माघ २०७९ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =