संसद्‍मा गृहमन्त्री लामिछानेले भने : राज्य संयन्त्रलाई चलाउन बन्द गर्नुस्

हिमाल प्रेस १० माघ २०७९ १४:५०
4
SHARES
संसद्‍मा गृहमन्त्री लामिछानेले भने : राज्य संयन्त्रलाई चलाउन बन्द गर्नुस् फाइल तस्बिर

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले राज्य संयन्त्रलाई पहिले चलाएर जसरी चलाउन नहुने बताएका छन्।

मंगलबार भएको प्रतिनिधिसभा बैठकमा उनले ठूला दल र सांसदहरूलाई राज्य संयन्त्रलाई चलाउन बन्द गरे प्रणाली सुधारको आधा काम सकिने बताएका हुन्।

‘सीडीओ, एसपी, डीएसपी आफ्नो मान्छे चाहिएको छ, तपाईंहरूले राज्य संयन्त्रलाई चलाउन बन्द गर्नुभयो भने आधा काम सकिनेछ,’ उनले भने, ‘गृह मन्त्रालय प्रणाली सुधार, मापदण्ड निर्माणमा निरन्तर लागिरहेको छ।’

उनले संयन्त्र ट्रयाक भन्दा बाहिर भएको पनि बताएका छन्। ‘संयन्त्रलाई चलाइएको छ, गिज्याइएको छ, ट्रयाकभन्दा बाहिर राखिएको छ,’ उनले भने, ‘ट्रयाकमा ल्याउन नसक्दा हल्लिएका छन्, त्यस्ता ठाउँहरूलाई ट्रयाकमा ल्याएर नतिजा अवश्य दिन्छु।’

उनले परिणाम देखिन चाँडै सुरु गर्ने पनि बताए। ‘गृह प्रशासनले क्रसर, फरार सांसद, आन्दोलनरत अधिकारकर्मीहरू सबै विषयमा काम गरिरहेको छ, नतिजा आउन समय लाग्छ, तर अवश्य आउँछ,’ उनले भने।

प्रकाशित: १० माघ २०७९ १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =