एलपीएल क्रिकेटको खेल तालिका सार्वजनिक

हिमाल प्रेस १० माघ २०७९ ११:४७
10
SHARES
एलपीएल क्रिकेटको खेल तालिका सार्वजनिक

धनगढी- सातौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल–७) को खेल तालिका सार्वजनिक गरिएको छ। कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा माघ २१ गतेबाट आयोजना हुने सर्वाधिक धनराशिको विद्यालयस्तरीय यू–१९ टी–२० क्रिकेट प्रतियोगिता एलपीएलको खेल तालिका सार्वजनिक गरिएको हो।

आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले सार्वजनिक गरेको खेल तालिकाअनुसार सातौँ संस्करणमा सहभागी १० विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ। खेलतालिका अनुसार प्रत्येक टिमले ४ वटा लिग चरणका खेल खेल्न पाउने छन्। लिग चरणमा जम्मा २० खेल खेलाइँदा समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतियोगिताको उद्घाटन खेलमा माघ २१ गते लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया आमनेसामने हुनेछन्। प्रतियोगिताको दोस्रो खेलमा माघ २२ गते गुराँस एकेडेमी र धनगढीको वेष्टर्न क्रिष्टल एकेडेमी प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै सोही दिन प्रतियोगिताको तेस्रो खेलमा लिटल फ्लावर र होली फेमली इङ्लिस मिडियम स्कुल भीमदत्तनगर भिड्ने छन्।

माघ २३ गतेको पहिलो खेलमा शारदा विद्या निकेतन धनगढी र कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर तथा दिनको दोस्रो खेलमा नव बालवाटिका विद्या मन्दिर बौनिया र वेष्टर्न क्रिष्टल एकेडमी प्रतिस्पर्धा गर्नेछन्।

माघ २४ गते सैनिक आवासीय महाविद्यालय तेघरी र सत्यवती एकेडेमी तथा लिटल फ्लावर र गुराँस एकेडेमीबीच खेल हुनेछ। माघ २५ गते लोटस आई र शारदा विद्या निकेतन पहिलो खेलमा तथा नव बाल वाटिका र होली फेमिली दोस्रो खेलमा आमनेसामने हुँदा २६ गते भुवनेश्वरी विद्यामन्दिर र सैनिक आवासीय तथा लिटल फ्लावर र वेष्टर्न क्रिष्टलबीच खेल हुनेछ।

माघ २७ गते सत्यवती एकेडेमी र शारदा विद्या निकेतन पहिलो खेलमा र दोस्रो खेलमा होली फेमिली र गुराँस एकेडेमी प्रतिस्पर्धा गर्नेछन्। २८ गते लोटस आई र भूवनेश्वरी तथा लिटल फ्लावर र नव बाल वाटिकाबीच खेल हुनेछ।

माघ २९ गते सत्यवती एकेडेमी र भूवनेश्वरी, सैनिक आवासीय र लोटस आई, फागुन १ गते नव बाल वाटिका र गुराँस एकेडेमी, होमी फेमिली र वेष्टन क्रिष्टल एक अर्को विरुद्ध मैदान उत्रनेछन्।

लिग चरणको अन्तिम खेलमा फागुन २ गते शारदा विद्या निकेतन र सैनिक आवासीय महाविद्यालय तेघरीबीच प्रतिस्पर्धा हुनेछ। फागुन ४ गते समूह विजेता र उपविजेताबीच सेमिफाइनल र ५ गते फाइनल खेल हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।

कैलालीको धनगढीमा विगत ६ वर्षदेखि आयोजना हुँदै आएको प्रतियोगिताको यो संस्करणको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन्।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाइ छ।

प्रकाशित: १० माघ २०७९ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =