अफगानिस्तानमा शीतलहर

हिमाल प्रेस ९ माघ २०७९ ८:२२
2
SHARE
अफगानिस्तानमा शीतलहर प्रतीकात्मक तस्बिर।

काठमाडौँ- अफगानिस्तानमा शीतलहरका कारण दुई हप्तामा एक सय जनाभन्दा धेरै नागरिकको ज्यान गएको छ। चिसो र कार्बन मोनोअक्साइड विषाक्तताका कारण उनीहरुको ज्यान गएको तालिबान नेतृत्वको सरकारका प्रवक्ता शफे रहिमीले बताएका छन्। विभिन्न प्रान्तमा गरी कम्तीमा १ सय ४ जनाको ज्यान गएको विवरणमा उल्लेख छ।

कमजोर आर्थिक अवस्था भएका परिवार अत्यधिक चिसोबाट निक्कै प्रभावित भएका छन्। टोलो न्युजका अनुसार अफगानिस्तानको हेरात प्रान्तमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तीमा १ सय ४० जनालाई अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा भर्ना हुनेमा बालबालिका र महिला धेरै छन्।

हेरातका बासिन्दाले जाडोमा घर न्यानो पार्न प्रयोग हुने ग्यास र दाउराको मूल्य बढेको गुनासो समेत गरेका छन्। –रासस

प्रकाशित: ९ माघ २०७९ ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =