बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस ९ माघ २०७९ १८:२९
50
SHARES
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इटहरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा. ज्ञानेन्द्रमानसिंह कार्कीविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरिएको छ।

उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नपाएको ओहदा पाएँ भनी पदीय मर्यादाविपरीत कार्य गरेको भन्ने उजुरीका आधारमा उनीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरूले विश्वास गरून् भनी बदनियतसाथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाएँ भनी अरूले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएकोकाले उनीविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकाले गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदाबी आरोपपत्रमा लिइएको छ।

यस्तै गिरीले नपाएको ओहदा प्रयोग गरेको र उक्त कार्यमा ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका रहेको देखिएको हुनाले उनीवरुद्ध पनि सोही कसुरमा सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित: ९ माघ २०७९ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =