स्वतन्त्रता सेनानी बन्दै सारा

हिमाल प्रेस ९ माघ २०७९ १६:०१
10
SHARES

काठमाडौँ- बलिउड अभिनेत्री सारा अली खान फिल्म ‘ऐ वतन मेरे वतन’मा स्वतन्त्रता सेनानीको भूमिका निर्वाह गर्नेछिन्। प्राइम भिडियोमा आउने अमेजन ओरिजनल मुभीको टिजर सार्वजनिक भएको छ।

कन्नन अय्यरको निर्देशनमा बन्ने फिल्मका निर्माता करण जौहर र अपूर्व मेहता हुन्। फिल्म सत्य घटनाबाट प्रेरित थ्रिलर ड्रामा हो। दरब फारुकी र कन्नन अय्यरको लेखन रहेको फिल्म संसारभरिका २ सय ४० भन्दा बढी देशमा रहेका प्राइमका सदस्यले हेर्न पाउनेछन्।

भारतको ७४ औँ गणतन्त्र दिवसका अवसरमा फिल्म सार्वजनिक हुनेछ। जसमा भारतीय स्वतन्त्रता संग्रामका ओझेलमा परेका योद्धाहरूको कथा समेटिएको छ।

फिल्ममा सारा मुख्य भूमिकामा छिन्। भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दा अभिनेत्रीले आफू फिल्मका लागि उत्साहित भएको बताएकी छन्। ‘यस्तो फिल्ममा काम गर्न पाउनु मेरा लागि ठूलो कुरा हो,’ उनले भनेकी छन्, ‘ओझेलमा परेका योद्धाको कथा दर्शकसम्म पुग्नुपर्छ।’

भूमिका आफ्ना लागि चुनौतीपूर्ण रहेको पनि अभिनेत्रीले मिडियामा बताएकी छन्। ‘मैले अहिलेसम्म निर्वाह गरेका भूमिकाभन्दा यो एकदमै फरक छ,’ उनले भनिन्, ‘चुनौतीपूर्ण पनि छ।’

प्रकाशित: ९ माघ २०७९ १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =