नयाँ वर्षमा प्रदर्शन हुने ‘जारी’

हिमाल प्रेस ९ माघ २०७९ ११:४०
10
SHARES
नयाँ वर्षमा प्रदर्शन हुने ‘जारी’

काठमाडौँ- फिल्म ‘जारी’ वैशाख १ मा प्रदर्शनमा आउनेछ। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा रहेको फिल्मको पोस्टर सार्वजनिक भएको छ।

पोस्टरमा दयाहाङ र मिरुना देखिएका छन्। उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेका फिल्मका निर्माता रामबाबु गुरुङ हुन्।

बाँसुरी फिल्म्सले निर्माण गरेको फिल्ममा दयाहाङ र मिरुनाबाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

प्रकाशित: ९ माघ २०७९ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =