राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज

हिमाल प्रेस ९ माघ २०७९ ८:५०
4
SHARES
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज

काठमाडौँ- राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सोमबार सुरु हुँदैछ। ‘राप्रपा नेपाललाई फेरि उठाउछौँ’ भन्ने संकल्पका साथ बैठक बिहान ११ बजे बस्न लागेको हो।

दुई दिन बस्ने बैठक निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा, भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक कार्यपत्र , सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ ,संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डा विष्ष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता वसन्तमानसिंह अधिकारीले बताए।

प्रकाशित: ९ माघ २०७९ ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =