स्कर्पिओ गाडीको मूल्य बढ्यो

हिमाल प्रेस ८ माघ २०७९ १४:०१
4
SHARES
स्कर्पिओ गाडीको मूल्य बढ्यो

काठमाडौँ– नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले आफ्ना चार मोडलका गाडीको मूल्य बढाएको छ। महिन्द्राले आफ्ना गाडीको मूल्य ६० हजारदेखि १ लाख १० हजार रुपैयाँसम्म बढाएको हो।
अग्निले आफ्नो लोकप्रिय गाडी स्कर्पियो एस-५ टु ह्वील ड्राइभको एक लाख रुपैयाँ बढाएको छ।

अब ७ देखि ९ सिटर स्कर्पियो एस–५ टु ह्वील ड्राइभको मूल्य ५६ लाख ५० हजार रुपैयाँ कायम भएको छ।  स्कर्पिओ एस–५ फोर ह्वील ड्राइभको मूल्य १ लाख १० हजार बढाएर ६१ लाख पुर्‍याएको छ। महिन्द्राले बोलेरो म्याक्स प्लस पीएस टु ह्वील ड्राइभको मूल्य ६० हजार रुपैयाँले बढाएको छ। सिंगल क्याब सेगमेन्टको यो गाडीको मूल्य अब २० लाख ३५ हजार रुपैयाँ पर्नेछ।

त्यसैगरी बोलेर क्याम्पर एससी एक्सएल एफबी टु ह्वील ड्राइभको मूल्य ६० हजार वृद्धि भएको छ। अब बोलेरो क्याम्परको मूल्य २४ लाख २० हजार पर्नेछ। महिन्द्राको नयाँ मोडल एक्सयुभी–७०० एएक्स ७ एल एमटीको मूल्य १ करोड ५० लाख रुपैयाँ ताकिएको छ।

प्रकाशित: ८ माघ २०७९ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =