साहित्यकार निरौला र लेखक शर्मालाई केएलएफ बुक अवार्ड

हिमाल प्रेस ८ माघ २०७९ १३:२१
12
SHARES
साहित्यकार निरौला र लेखक शर्मालाई केएलएफ बुक अवार्ड

काठमाडौँ- कलिङ साहित्य महोत्सव भारतले साहित्यकार रञ्जना निरौला र लेखक सुमित शर्मा ‘समिर’लाई ‘केएलएफ बुक अवार्ड २०२२’ मा सम्मानित गर्ने भएको छ।

साहित्यकार निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ र लेखक शर्माको ‘वेक अप अलि वेक अप नाउ’ पुस्तक केएलएफ बुक अवार्डका लागि छनोट भएको हो।

भारतको स्वस्ती प्रिमियम होटल, भुवनेश्वरमा फेब्रुअरी २४, २५ र २६ मा हुने केएलफको वार्षिक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

लेखक शर्मा लन्डन स्कुल अफ इकोनोमिक एन्ड पोलिटिकल साइन्स, बेलायत र क्वीन्स युनिभर्सिटी क्यानडाबाट स्नातक गरेका छन्। उनी बेलायती राजदूतावास काठमाडौँमा राजनीतिक सल्लाहकारका रूपमा कार्यरत छन्।

साहित्यकार निरौला सम्पादक, समालोचक, नेपाली र अंग्रेजी साहित्यमा कलम चलाउने कवि, प्यानलिस्ट, अनुसन्धानकर्ता, क्युरेटर तथा वक्ताका रूपमा परिचित छिन्।

प्रकाशित: ८ माघ २०७९ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 10 =