ल्होसार परम्परा राष्ट्रिय संस्कृतिको एउटा कडी हो : प्रधानमन्त्री

हिमाल प्रेस ८ माघ २०७९ ८:१०
4
SHARES
ल्होसार परम्परा राष्ट्रिय संस्कृतिको एउटा कडी हो : प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम लोसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र तामाङ संस्कृति भएको पनि बताएका छन्।

‘नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेको छ र अहिले हामी धर्मनिरपेक्ष, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं। यो आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा गर्न चाहन्छु,’ उनले सन्देशमा भनेका छन्, ‘नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो। यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्।’

उनले सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएका बताएका छन्। ‘यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो,’ सन्देशमा भनिएको छ।

प्रकाशित: ८ माघ २०७९ ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =