उपसभामुख निर्वाचनमा यी सांसद अनुपस्थित रहे

हिमाल प्रेस ७ माघ २०७९ १७:५८
14
SHARES
उपसभामुख निर्वाचनमा यी सांसद अनुपस्थित रहे फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा ११ सांसदहरू अनुपस्थित रहेका छन्। शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना उपसभामुख निर्वाचित भएकी छन्। उक्त निर्वाचनमा ११ जना सांसद संसदमा अनुपस्थित भएका हुन्।

सभामुख देवराज घिमिरे मतदानमा सहभागी भएनन् भने सांसद वर्षमान पुन बिरामी भएका कारण मतदानमा उपस्थित भएनन्। यस्तै सांसद टेकबहादुर लिम्बू निलम्बन परेका छन्। प्रहरीको खोजी सूचीमा रहेका लक्ष्मी महतो कोइरी पनि मतदानमा देखिएका थिएनन्।

अनुपस्थित हुने अन्य सांसदहरू कृष्णकुमार श्रेष्ठ, धनबहादुर बुढा, धवलशमशेर जबरा, बिनाकुमारी थनैत, मनोरमा शेरचन, राजेन्द्रप्रसाद पाण्डे, सपना राजभण्डारी छन्।

उपसभामुख निर्वाचनमा अनुपस्थित सांसदहरू

१. वर्षमान पुन
२. कृष्णकुमार श्रेष्ठ
३. धनबहादुर बुढा
४. धवलशमशेर जबरा
५. बिनाकुमारी थनैत
६. मनोरमा शेरचन
७. राजेन्द्र पाण्डे
८. सपना राज भण्डारी
९. लक्ष्मी महतो कोइरी
१०. टेकबहादुर गुरूङ (निलम्बित)
११. सभामुख (मतदानमा सहभागी नभएको)

प्रकाशित: ७ माघ २०७९ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + ten =