ओलीतर्फ मेटमणिको व्यंग्य- संविधान बुझाउन कोचिङ क्लासको व्यवस्था गरियोस्

हिमाल प्रेस ७ माघ २०७९ १४:३७
4
SHARES
ओलीतर्फ मेटमणिको व्यंग्य- संविधान बुझाउन कोचिङ क्लासको व्यवस्था गरियोस् फाइल तस्बिर

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संविधान मास्ने खेलमा लागेको आरोप लगाएका छन्। शनिबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त आरोप लगाएका हुन्।

‘म नाम लिन चाहन्न सबैलाई थाहै छ उहाँ पूर्वप्रधानमन्त्रीको नाम। उहाँ संविधान मास्ने खेलमा लाग्नुभएको छ,’ चौधरीले भने, ‘हाम्रो संविधानले प्रतिनिधिसभा विघटनको व्यवस्था गरेको छैन। तर उहाँले ताजा जनादेशका नाममा प्रतिनिधिसभा विघटन गर्नु भो। म भन्न चाहन्छु संविधानको व्यवस्था नबुझेका माननीयहरूलाई कोचिङ क्लासको व्यवस्था गर्न म सभामुखज्यूसमक्ष माग गर्छु।’

कोचिङ क्लासका लागि बजेट नभए उनले आफ्नै तलबबाट कटौती गरेर भए पनि कोचिङ क्लास सञ्चालन गर्न माग गरे।

प्रकाशित: ७ माघ २०७९ १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =