सोबिताले इन्दिराको प्रशंसा गर्दै भनिन् : उहाँले समस्या औल्याएर मात्र बस्नुभएन, समाधान खोज्न हिँड्नुभयो

हिमाल प्रेस ७ माघ २०७९ १३:५१
8
SHARES
सोबिताले इन्दिराको प्रशंसा गर्दै भनिन् : उहाँले समस्या औल्याएर मात्र बस्नुभएन, समाधान खोज्न हिँड्नुभयो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले आफ्नो पार्टीकी सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा प्रस्ताव गरेकी छन् ।
‘मानननीय इन्दिरा राना मगर उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्र कदर भएको होइन, बरु सम्मानित उपसभामुख पद पनि शोभायमान हुनु हो’ उनले भनिन् ।

सांसद रानामगरले कारागारमा हुने बाबुआमाको बालबालिकाको पालन पोषण र शिक्षादीक्षामा काम गरेको भन्दै गौतमले भनिन्, ‘उहाँले समस्या औंल्याएर मात्र बस्नुभएन । समाधान खोज्न उहाँ सडकमा आउनुभयो ।’

उनले संसद् भवनमा वसन्त ऋतु आएको बताएकी छिन्।

संसद्‍मा अनुभवी पुस्ता र उर्जा पुस्ताहरू रहेकोले सबै जना मिलेर नेपालका विद्यमान विकृतिहरू मेटाउने कुरामा आफू विश्वस्त रहेको उनले बताइन्।

प्रकाशित: ७ माघ २०७९ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =