नेपाल-बंगलादेश द्विपक्षीय सम्बन्ध स्थापनाको अवसरमा ‘पेन्टिङ’ प्रतिस्पर्धा

हिमाल प्रेस ६ माघ २०७९ १८:२७
8
SHARES
नेपाल-बंगलादेश द्विपक्षीय सम्बन्ध स्थापनाको अवसरमा ‘पेन्टिङ’ प्रतिस्पर्धा

काठमाडौँ– नेपाल-बंगलादेश द्विपक्षीय सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा ‘पेन्टिङ’ प्रतिस्पर्धा आयोजना गरिएको छ।

बंगलादेश-नेपाल मैत्री समाज र बंगलादेश बुक क्लबको सहकार्यमा ढाकामा आयोजित प्रतिस्पर्धामा स्कुले विद्यार्थीको सहभागिता थियो। प्रतिस्पर्धामा ढाकाका २५ विद्यालयका ३ सय जना विद्यार्थी सहभागी भएका थिए। पेन्टिङको ‘थिम’ ‘हिमालय र बंगालको खाडी जोड्ने’ उपाय राखिएको थियो।

प्रतिस्पर्धाका प्रत्येक समूहबाट भएका विजेतालाई बंगलादेशका संस्कृतिमन्त्री केएम खालिदले पुरस्कार हस्तान्तरण गरेका थिए। समारोहलाई सम्बोधन गर्दै मन्त्री खालिदले नेपाल र बंगलादेश कूटनीतिका साथै सांस्कृतिक रूपमा पनि नजिक भएको बताए।

प्रकाशित: ६ माघ २०७९ १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =