काठमाडौँका निजी जग्गामा महानगरले डोजर लगाएको भन्दै प्रदर्शन

हिमाल प्रेस ६ माघ २०७९ १५:१२
28
SHARES
काठमाडौँका निजी जग्गामा महानगरले डोजर लगाएको भन्दै प्रदर्शन

काठमाडौँ- काठमाडौं महानगरले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै विरोध प्रदर्शन सुरु भएको छ। शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा महानगरको नगर सभाको १२औँ अधिवेशन चलिरहेका बेला उनीहरुले सडक विस्ताको नाममा नागरिकको निजी सम्पती कब्जा गर्न नपाइने भन्दै राष्ट्रियसभा गृह अगाडि प्रदर्शन गरेका हुन्।

निजी सम्पतीमा बिना पूर्जी गुण्डागर्दी शैलिमा डोजर आतंक गरिएको उनीहरुको आरोप छ। त्यस्तै उनीहरुले फोहर मैला व्यवस्थापन कहाँ पुग्यो? टुकुचा बिगार्ने अनि लापरबाही तरिकाले छाड्ने?

हिड्ने अधिकार सुनिश्चित गर्न फुटपाथ सुरक्षित गर्ने अभियान कहा पुग्यो? लगाएतका प्रश्न पनि गरेका छन्। उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति सुमन सायमीले उपत्यकाको समस्यमा समाधान गर्न काठमाडौँको मेयर असफल भएको र लोकप्रियताका लागि डोजर आतंक फैलाइएको बताए।

उनले क्षेत्राधिकारभन्दा बाहिर नजान र महानगरको निर्णयको कपी पठाएर मात्रै काम गर्न आफूले सुझाव दिँदा आफैँलाई प्रहरी प्रशासन लगाएर पक्राउ गरिएको जिकिर गरे।

संघर्ष समितिले महानगरको गलत कदमविरुद्ध आन्दोलन गर्ने तयारीसमेत गरेको छ।

प्रकाशित: ६ माघ २०७९ १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eleven =