सिंहदरबार पुगेर सभामुख घिमिरेद्वारा पदभार ग्रहण

हिमाल प्रेस ६ माघ २०७९ १३:०५
4
SHARES
सिंहदरबार पुगेर सभामुख घिमिरेद्वारा पदभार ग्रहण

काठमाडौँ- सभामुख देवराज घिमिरेले शुक्रबार सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन्।

बिहीबार प्रतिनिधिसभाबाट निर्वाचित घिमिरेले सपथ लगत्तै पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि सभामुखले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।

जनताका प्रतिनिधिको थलोलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले संसदीय प्रक्रियाबारे कार्यक्रम चलाउने घिमिरेको भनाइ थियो।

सभामुख घिमिरेले केही समयअघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

 

प्रकाशित: ६ माघ २०७९ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =